+
Search

ताजा अपडेट +

पपुलर +

साफ वुमन्स च्याम्पियनसिप : उपाधि जित्ने नेपालको प्रयास अधुरै, २-१ गोलले पराजित

4KNationalDaily
२०८१ कार्तिक १४, बुधबार २०:३३ बजे

काठमाडौं- साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।

योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ।

खेलको ५२औं मिनेटमा बंगलादेशकी मोनिका चक्माको गोलले अग्रता लिएको बंगलादेशलाई तीन मिनेट टिक्न नदिइ अमिषा कार्कीले ५५औं मिनेटमा गोल फर्काएर बराबरीमा पुर्याएकी थिइन्।

तर, खेलको ८० औं मिनेटमा बंगलादेशले पुन: गोल गरेर खेलमा अग्रता लिएको छ। सोही अग्रतालाई कायम राख्दै बंगलादेशले दोस्रोपटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily