+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डको आह्वान- आत्मसमीक्षा गरेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरौँ

4KNationalDaily
२०८१ कार्तिक १४, बुधबार १७:१९ बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीहरुबीच एकताको आह्वान गरेका छन्।

नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक वैचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट आन्दोलनको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘हामी एक ठाउँमा बसौँ, मिलेर अघि बढौँ भनेर आदर्शको कुरा गरेर मात्रै हुँदैन। त्यसका लागि प्रत्येक कम्युनिष्ट नेता कार्यकर्ताले आत्मसमीक्षा गर्नुपर्‍यो। हामीले त्यो सोचेर आफूले कम्युनिष्ट आन्दोलनमा लागेपछि गरेका कामको समीक्षा गरौँ। गल्तीको पनि समीक्षा गरौँ। पार्टीको तर्फबाट पनि समीक्षा गरौँ। त्यसपछि पार्टीपार्टीभत्र पनि आत्म समीक्षा गर्न सकिन्छ। त्यस कारणले म सबैलाई त्यतापट्टि विचार गर्न आग्रह गर्छु।’

उनले कोही पूर्वाग्रह त्यागेर एकताबद्ध भएर बढ्ने प्रयास गर्न आग्रह गरे।

कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताए । कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उनले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily