+
Search

ताजा अपडेट +

पपुलर +

अपराजित रहँदै कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि

4KNationalDaily
२०८१ आश्विन २०, आईतवार ०६:५४ बजे

काठमाडौं– एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजले जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको फाइनलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको हो ।

पहिलो सेट १७-२५ र दोस्रो सेट २०-२५ ले गुमाएको ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेटमा जित निकालेको थियो । उसले तेस्रो सेट २५-१२ र चौथो सेट २५-१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।

निकै प्रतिस्पर्धात्मक पाँचौं सेटमा १५-१३ ले आफ्नो पक्षमा पार्दै कर्णालीले उपाधि रक्षा गर्‍यो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily