+
Search

ताजा अपडेट +

पपुलर +

जनकपुर उपमहानगरका वडाध्यक्ष र सचिवविरुद्ध मुद्धा दायर

4KNationalDaily
२०८१ आश्विन १४, सोमबार १८:३७ बजे

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।

अख्तियारले सहनी र तेलीसहित विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउदै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily