+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई देवेन्द्र पौडेलको प्रश्न- गिरीबन्धुमा प्रश्न उठ्यो राजीनामा दिन तयार हुनुहुन्छ?

4KNationalDaily
२०८१ भाद्र २५, मंगलवार २१:२० बजे

काठमाडौं– नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रश्न उठ्नसाथ राजीनामा दिने हो भने अहिले क्याबिनेटमा रहेका १० औं मन्त्री रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख इन्दिरा रानालाई हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने बताए ।

उनले भने, ‘एक जना महिला, जनजाति, सहमतिको आधारमा आउनुभएको, सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो बनेको दुई तिहाइ सरकारले हटाउने कुराको यो सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ। यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन ।’

उनले लाउडा, वाइटबडी, भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरणदेखि गिरीबन्धुमा पनि प्रश्न उठेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन तयार हुनुहुन्छ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily