+
Search

ताजा अपडेट +

पपुलर +

मन्त्रालयको पत्रसँगै प्राधिकरणले हटायो टिकटकको प्रतिबन्ध

4KNationalDaily
२०८१ भाद्र २१, शुक्रबार १५:०६ बजे

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई प्रतिबन्ध फुकुवाको लागि पत्र पठाएपछि प्राधिकरणले टिकटक सञ्चालनमा अवरोध नगर्न भनेको हो।

योसँगै लामो समयदेखि प्रतिबन्धित टिकटक पुनः चल्नथालेको छ। प्राधिकरणले मन्त्रिपरिषद् बैठकले यही भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई भनेको छ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्न भन्दै पत्र पठाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily