+
Search

ताजा अपडेट +

पपुलर +

ऊर्जामन्त्री खड्काको दाबीः ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लियो

4KNationalDaily
२०८१ भाद्र ८, शनिबार १९:५२ बजे

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरूको कामले गति लिन थालेको बताएका हुन्।

‘मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढिगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरू अब गति लिन सुरु गरेको छ। र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ। त्यसमा पनि यहाँहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ,’ उनले भने।

मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गरे।

उनले भने, ‘अब सरकार रोजगारी सृजनातिर उन्मुख छ । र अधुरा आयोजनाहरु, अधुरा कामहरु समयमै सम्पन्न गर्नका लागि सरकार कटिवद्ध भएर लागेको छ । अहिले सरकार संयुक्त सरकार तपाईहरुलाई थाहा छदैछ । अहिले सम्माननीय प्रधानमन्त्रीज्युको  स्पष्ट निर्देशन छ–हाम्रो आदरणीय पार्टी सभापतिज्यूको स्पष्ट निर्देशन छ हामीलाई । समयमा सबै कामहरु सम्पन्न हुनुपर्दछ । र जनताले अनुभुति गर्नेगरी देखिने गरी काम गर्नुपर्दछ । र यसो गर्न सक्यो भने तमाम विदेशिन लागेका युवाहरुलाई यही रोजगारी सृजना गर्न सकिन्छ । मेरो मन्त्रालय अन्तर्गतको पञ्चेश्वर, बुढिगण्डकी, अपर अरुण जस्ता ठूल्ठूला आयोजनाहरु अव गति लिन शुरु गरेको छ । र यो समयमै सम्पन्न गर्नेगरी सरकारले काम थालेको छ । त्यसमा पनि यहाँहरुको भुमिका अत्यन्तै महत्वपूर्ण छ ।’

आयोजनाहरुको कामलाई सम्पन्न गर्नका लागि नेपालमा अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेको उनकाे दाबी थियाे ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily