+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धशान्तिले जडान गर्‍यो इन्सिनरेटर, फोहोरमैला व्यवस्थापनमा अग्रणी पालिका बन्दै

4KNationalDaily
२०८१ भाद्र ८, शनिबार १६:३४ बजे

झापा– बुद्धशान्ति गाउँपालिकाले फोहोरमैलाको व्यवस्थापनका लागि इन्सिनरेटरको व्यवस्था गरेपछि फोहोरमैला व्यवस्थापनमा झापाका पालिकाहरूमध्ये अग्रणी बन्ने भएको छ ।

बुद्धशान्ति १ का सुजित बरालको पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैलाका लागि गाउँपालिका कार्यालयले व्यवस्था गरेको हो ।

राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो । यस वर्ष पनि आयोगबाट ७५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले जानकारी दिए ।

पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोरमैला व्यवस्थापनमा इन्सिनरेटरसहित फोहोर मैला व्यवस्थापनका लागि यो काम गरिएको उनले बताए । उनले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौँ । कुहिने फोहोरबाट मल उत्पादन गरेर किसानलाई उपलब्ध गराउने योजना छ । नकुहिने सिसाबिनाको फोहोर भने यही इन्सिनरेटरमा जलाउने योजना छ ।’

इन्सिनरेटर यसअघि नै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सञ्चालनमा ल्याइसकेको छ ।

भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजलद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताइन्छ । उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन ।

इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने बताइएको छ । इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काए मात्र पुग्ने हुँदा शून्य लागतमा फोहोर जलाउन सकिने कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily