+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले युवाहरुलाई भने- विदेश जाने सोच त्यागेर देशभित्रै स्टार्ट अपमा हात हालौं

4KNationalDaily
२०८१ भाद्र ५, बुधबार १६:३७ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले साना-साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग विस्तार गर्नुपर्ने आवश्यकतामा औंल्याएका छन्।

उनले बुधबार काठमाडौंमा सुरु भएको ‘स्टार्ट अप नेसन–२०३०’ कार्यक्रमलाई सम्बोधन गर्दै साना पुँजीका उद्योग विस्तार गर्नुपर्नेमा जवड दिएका हुन्।

उनले युवाहरुलाई विदेश जानुको साटो नवीन र सिर्जनशील सोचका साथ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न आग्रह गरे। उनले स्टार्ट अपमा हात हाल्ने युवालाई सरकारले सहयोग गर्ने आश्वासन दिंदै यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने बताए।

प्रधानमन्त्रीले भने, ‘हामीले सहकारीका माध्यमबाट केही चिज गर्न खोज्यौँ । सहकारीमा गैरसहकारी तत्वहरु केही सहकारीमा प्रवश गरे । सहकारी अचानक ठूला भए । सहकारीको उद्देश्य, सहकारीको मूल्य मान्यताअनुसार चलेनन् र सम्पूर्ण सहकारीप्रति जनताको एक ढंगको विश्वास कमजोर हुने खालको स्थिति बन्यो । हुनतः हजारौँ सहकारीमध्ये केही सहकारी हुन् । सरकारले समस्याग्रस्त भनेर पनि छुट्याइसकेको छ । कतिपय सहकारी अफ्ठ्यारोमा पारिएको छ । यो चिज गैरसहकारी तत्वहरु त्यसमा घुसेर हो । सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन । सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो । सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ । अघि बढाउनु पर्छ । सच्चा सहकारीहरुको व्यापक नेटवर्क बनाउनु पर्छ । स—साना पुँजीले अलि ठूला कामहरु गर्नेगरी अघि बढ्नुपर्छ । स्टार्टअप विभिन्न क्षेत्रमा चान्स छ । अब हामीकहाँ एक ढंगले भन्ने हो स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ । हाम्रा युवाहरु बाहिर गइरहेका छन् । कामको खोजिमा, त्यो भन्दा राम्रो अवस्था यहाँ स्टार्टअपबाट ल्याउन सकिन्छ । सिप, आम्दानी, आत्मविश्वास बढाउन सकिन्छ ।’

प्रधानमन्त्रीले उद्यमशिलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताए ।

उनले स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभइ माध्यम भएको बताउदैं गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताए । प्रधानमन्त्री ओलीले युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily