+
Search

ताजा अपडेट +

पपुलर +

अर्थमन्त्री पौडेल भन्छन्- मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा छ

4KNationalDaily
२०८१ श्रावण १८, शुक्रबार १८:४३ बजे

काठमाडाैं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री पौडेलले आम मान्छेहरूमा मौद्रिक नीतिले उत्पादनको क्षेत्रलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताएका हुन् । उनले मौद्रिक नीति अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेगरी लचिलो रूपमा आएको बताए ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र चलायमान र गतिशील हुने बताए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिको सन्तुलनमा मुलुकको अर्थतन्त्रलाई चलाउनुपर्छ भन्नेमा सरकारको सचेत प्रयास रहेको बताए । अर्थमन्त्री पौडेलले शेयर बजारमा अपारदर्शी क्रियाकलाप र अनुचित ढंगले प्रभावित गर्ने प्रयास नहोस् भनेर आफूले स्पष्ट रूपमा निर्देशन दिएको बताए । उनले कुनै पनि लगानीकर्ताको लगानी डुब्ने स्थिति आउन नदिनको निम्ति शेयर बजारलाई परिपक्व ढंगले अगाडी बढाउन नियामक निकायलाई निर्देशन दिएको पनि बताए ।

अर्थमन्त्री पौडेलले नियामक निकायलाई शेयर बजारमा अनुचित क्रियाकलाप हुन नदिन आवश्यक शतर्कता र सावधानि अपनाउन निर्देश गरेको बताए । उनले सहकारी क्षेत्रमा नियामक निकायको आवश्यकता अनुभूत भएको भन्दै कानुनसम्मत प्रबन्ध गरेर यस क्षेत्रको समस्यालाई समाधान गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily