+
Search

ताजा अपडेट +

पपुलर +

जब सभापति यादवले सांसद किरातीलाई भने : तपाईं हद पार गर्दै हुनुहुन्छ (भिडिओ)

4KNationalDaily
२०८१ श्रावण १०, बिहीबार १६:२६ बजे

काठमाडौं- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र) का सांसदबीच भनाभन भएको छ।

बिहीबारको समितिको बैठकमा सभापति यादवले सांसद किरातीलाई बोल्न समय दिएका थिए। बैठकमा सांसद किरातीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले।

सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरूमा जान आग्रह गरे। सभापतिको आग्रहपछि किरातीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए।

सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः

सुदन किरातीः …हुनत, सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश। सडकमा रक्तपात भयो, राँके जुलुस भयो। देश आन्दोलित भयो। सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ।…

सभापतिः मान्यज्यू एक पटक समयको…

किरातीः के गर्नु एजेण्डा राखिहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न।

सभापतिः टेक्निकल कुरा राखौँ।

किराती : टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे।

किरातीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहिँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ? म सक्दिन नि त। विषयमा नीति केन्द्रित भन्नु न सभापतिज्यू। कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ। म त जान्दिन टेक्निकल्ली। म त पाइलट पनि परिनँ।

सभापतिः यहाँ टेक्निकल विषयमा बहस हुने ह।

किरातीः राजनीतिक मान्छेले के गर्छ त?

सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न।

किरातीः केमा गर्दैछु त म?

सभापतिः तपाईं राजनीति…

किरातीः सभापतिज्यू तपाईंले कसरी राख्नुभयो? राखेकै कुरामा म छलफल गरिरहेको छु।

सभापतिः त्यही गरौँ न त। समय यहाँ कम छ।

किरातीः एजेण्डा किन राख्नुभएको त?

सभापतिः कुरा राख्नु त भयो नि। विषयमा अलिकति केन्द्रित होउँ न।

किरातीः म विषय भन्दा कसरी बाहिर गएँ? तपाईंले पो बुझ्ने समस्या भयो त यो।

सभापतिः मान्यज्यू तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ। तपाईंले यहाँ…

किरातीः तपाईं यहाँ दोहोरो संवाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने?

सभापतिः तपाईं यहाँ…

किरातीः एजेण्डामा हामी बोल्न नपाउने? के हो यो?

सभापतिः तपाईंलाई…

किरातीः तपाईं हठी की म हठी?

सभापतिः म कुरै..।

किरातीः फेरेर कुरा गर्नुहुन्छ।

सभापतिः तपाईं समयलाई ध्यान दिनू।

किरातीः सभापतिज्यू कोर्डिनेसन गर्नुस्।

सभापतिः होइन, समयलाई त ध्यान दिनु…।

किरातीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४-४ वटा गर्नुभयो त।

सभापतिः किन गरिँदैन?

किरातीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ?

सभापतिः विषयमा राख्नुस् न।

किरातीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको।

सभापतिः विषयमा राख्नुस् न।

किरातीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो? अरु माननीयजतिले त मैले बोलेकै छैन त। ठिक छ मन्त्रीज्यू म बोलिनँ।

किरातीः तपाईंको पनि… टेप लाएर…

सभापतिः मान्य हरि उप्रेतीलाई…

हरि उप्रेतीः कारण कसले पहिल्याउने? थोत्रा प्लेनको, पाइलटको, कोपाइलटको कारण की, गुगलको कारण। यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई।

किरातीः सभापतिज्यू म लागेँ। तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद।

हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यू।

सुदन किरातीः म बस्दिन ।

हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति।

सुदन किराती (झर्किंदै): गम्भीर विषयमा त कुरा राख्न पाउनुपर्यो नि।

हरि उप्रेतीः राख्नुभयो त। त त्यत्रो…

किरातीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने? तपाईं फेरि रुलिङ गर्न थाल्ने?

सांसदहरूः बसौँ न मान्य ज्यू।

हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त।

किराती :एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो?

किरातीः म त छोट्याउँदै थिएँ।

सभापतिः यसलाई कन्टिन्यु गरौँ।

किरातीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने?

सभापतिः बसौँ बसौँ।

किरातीः म थोडी इन्जिनियर पढेको हो? म राजनीति गरेर आएको हो।

किरातीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस्।

किरातीः तपाईं दाइने झर्यो की देब्रे झर्यो हेर्नुस्। कस्तो बोल्नु दिनुहुन्न?

सभापतिः हरि उप्रेतीज्यू बोल्नुस्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily