+
Search

ताजा अपडेट +

पपुलर +

देव गुरुङको जिकिर- बीआरआई परियोजनामा हस्ताक्षर हुन लागेपछि सरकार परिवर्तन गरियाे

4KNationalDaily
२०८१ श्रावण ४, शुक्रबार ०८:३० बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढेपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको जिकिर गरेका छन् ।

काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै बीआरआईको सन्दर्भमा सबै दलहरू र राज्यका अंगहरूको सहमति जुटाएर सम्झौता गर्ने तयार भइरहेको बेलामा सरकार परिवर्तन भएको जिकिर गरे ।

उनले भने, ‘दलहरुबीच सहमति नभए केही समय पर्खिने भन्ने कुराले गर्दा ढिला हुँदै आइरहेको थियो । पछिल्लो समयमा दुई पक्षीय वार्ता भएर जब हस्ताक्षर गर्नुपर्ने, प्रक्रिया अगाडि बढ्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरू भयो । हस्ताक्षरको चरणमा पुगेपछि सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन हुनुको अघिल्लो दिन लोनसहितको बीआरआई लिन हुँदैन भनेर वक्तव्य सार्वजनिक गरिएको छ । त्यसले के देखाउँछ भने सरकार परिवर्तन हुनुको एउटा फ्याक्ट बीआरआई रहेको कुरा प्रष्ट छ ।’

उनले राजनीतिक दलहरुबीच सहमति जुटाएर बीआरआई परियोजनालाई अगाडि बढाउँनुपर्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily