+
Search

ताजा अपडेट +

पपुलर +

मनिषा कोइरालाको हिरामण्डी आज रिलिज हुँदै, लस एन्जलसमा राखियो प्रिमियम शो

4KNationalDaily
२०८१ बैशाख १९, बुधबार ०९:३४ बजे

मुम्बइ– सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ यतिबेला चर्चाको विषय बनेको छ । यो सिरिज आज अर्थात् मे १ मा नेटफ्लिक्समा रिलिज हुदैँछ । दर्शकहरू यस शृङ्खलाको उत्सुकताका साथ पर्खिरहेका छन् ।

यसैबिच लस एन्जलसमा ‘हिरामाण्डी’ को प्रिमियर भएको थियो, जहाँ बलिउड स्टारहरूको जमघट आयोजना गरिएको थियो ।

लस एन्जलसको इजिप्शियन थिएटरमा प्रिमियम भएको ‘हिरामान्डी’ पहिलो भारतीय शृङ्खला बनेको छ। यस क्रममा फिल्ममेकर सञ्जय लीला भन्साली शर्मीन सहगलसँग पोज दिँदै गरेको देखिएको थियो ।

स्क्रिनिङमा अभिनेत्री तथा प्रभावकार लिली सिंह पनि पुगेकी थिइन् । यस क्रममा उनी देसी ट्विस्ट भएको ब्लेजर बोकेकी थिइन् । यस अवधिमा क्यानडेली र्‍यापर, गायक तथा गीतकार तेशरको पनि उपस्थिति थियो । प्रिमियरमा उनी शाही शैलीमा देखा परेका थिए ।

हीरामण्डीमा गणिकाको भूमिका निभाएकी नायिका शर्मीन सहगल पनि लेहेंगा चोलीमा देखिएकी थिइन् । यो लुक्समा उनी निकै क्युट देखिएकी छिन् ।

‘हिरामाण्डी’ निर्देशक सञ्जय लीला भन्साली पनि लस एन्जलसमा आफ्नो सिरिजको स्क्रिनिङमा देखिएका थिए । सो स्क्रिनिङको क्रममा सञ्जय लीला भन्सालीले पनि नेटफ्लिक्स टिमसँग पोज दिएका थिए ।

यस सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, मनीषा कोइराला, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल लगायतका कलाकारहरूको अभिनय देखिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily