+
Search

ताजा अपडेट +

पपुलर +

२८ जना सहसचिवको सरुवाः ललितपुर र भरतपुरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

4KNationalDaily
२०८१ बैशाख १५, शनिबार १०:१० बजे

काठमाडौं- सरकारले एकै पटक २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २८ जना सहसचिवको सरुवा गरेको हो ।

जसअनुसार ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।

ललिलतपुरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगरपालिका र भरतपुरका नरेन्द्र कुमार रानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दासको ललितपुरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाईएको छ ।

यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily