+
Search

ताजा अपडेट +

पपुलर +

समाजको ऐना ‘रातो किताब’ सार्वजनिक, सुस्मिता मार्मिक अभिनय

4KNationalDaily
२०८१ बैशाख १४, शुक्रबार ०९:४४ बजे

काठमाडौं– गायक सुरज पण्डितको नयाँ गीत रातो किताबको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली समाजको तित्तो सत्य र वास्तविक घटनालाई जस्ताको त्यस्तै गीत मार्फत पस्कन खप्पिस गायक पण्डितले रातो किताब सार्वजनिक गरेका हुन् ।

उनी भन्छन्- सर्किट अर्थमा भन्ने हो भने रातो किताब एउटा सरकारी किताब हो जुन विशेषतः बजेट र अर्थनीतिसंग सम्बन्धित हुन्छ । यसलाई अलि फराकिलो परिभाषामा भन्ने हो भने यो जनताको किताब हो जहाँ जनताका वास्तविक आवश्यकता र चाहानालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ ।

तर विडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुईँ मान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सीमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो। अब यस्तो नहोस् भनेर यस परिस्थितिलाई खबरदारी गर्नका लागि रातो किताब जस्तो साङ्गीतिक सिर्जनाको परिकल्पना गरिएको उनी बताउँछन् ।

गायकले गीतको शब्द शब्द र भिडियोमा नेपालको बिकट गाउँमा हुने समाजको ऐनालाई पस्कने जमर्को गरेका छन् । भिडियोमा चर्चित मोडल कलाकार सुस्मिता कुवरको जीवन्त अभिनयले अझै सुन्दर र मार्मिक बनाएको छ ।

चर्चित कमेडी सिरियल सक्किगोनीमा छोटीको भूमिकामा समेत चर्चामा रहेकी मोडल कुँवरले थुप्रै म्युजिक भिडियोमा काम गरेकी छन् । यो भिडियोलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन भने कुँवरको अलावा कलाकार लक्ष्मण देवकोटा र वसन्त उदासले समेत अभिनय गरेका छन् ।

विजय भण्डारीको छायांकन गरेका भिडियोलाई मीन रावलले सम्पादन गरेका छन् । अहिले भिडियो छोटो समयमा नै धेरै दर्शकको रोजाइमा परेको छ ।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily