+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय, पाण्डे भन्छन्- ‘फेरि मुख्यमन्त्री बन्छु’

4KNationalDaily
२०८० चैत्र २१, बुधबार १६:२७ बजे

पाेखरा- गण्डकीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि आह्वान गरेका छन् ।

बुधबार प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई चैत्र २७ गते मंगलबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

बुधबार विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश प्रमुख भट्टसमक्ष लिखित राजीनामा बुझाएका थिए । साथै, अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम यही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्न प्रदेश प्रमुखले जनाएका छन् ।

पाण्डेले भने– ‘फेरि मुख्यमन्त्री बन्न प्रयास गर्छु’

राजीनामा दिएर उपधारा (३) अनुसार मुख्यमन्त्री बन्ने दाउ खोजेको प्रतिक्रिया आइरहँदा पाण्डेले भने, ‘ठुलो दल होइन, त्यो भन्दा पहिले नै मेरो काम सुरु हुन्छ । आजबाट राजीनामा दिएपछि सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । प्रदेश प्रमुखबाट पुनः उपधारा (२) अनुसार नै सरकार बनाउन आह्वान हुन्छ होला, विगतको अभ्यास हेर्दा । मैले पनि दुई वा सो भन्दा बढी दलहरूको समर्थन प्राप्त गर्न सके भने यही प्रक्रियाबाट मुख्यमन्त्री हुन सक्छु । यदि मैले पुर्याउन सकिनँ र अरू कसैले पुर्याउन सक्यो भने उहाँहरू बन्नुहुन्छ । त्यो प्रक्रिया सकियो भने मात्रै (३) मा पुग्ने हो ।’

गत वैशाख १४ गते मुख्यमन्त्री बनेका पाण्डेले आफ्नो कार्यकाल सन्तोषजनक रहेको बताए । ‘मैले जुनबेला सरकारको कार्यभार सम्हालेँ, बजेटको प्राथमिकता र सिद्धान्त, नीति तथा कार्यक्रम र बजेट ल्याउन छोटो समय थियो । तैपनि केही नयाँ ढङ्गबाट जाने प्रयास गरेको थिएँ । आगामी वर्षको बजेट, नीति तथा कार्यक्रममा नयाँ र परिष्कृत तथा कार्यान्वयन हुन सक्ने योजना ल्याउने सोचेको छु । तर बिचमा राजनीतिक घटनाक्रम बदलिएको हुँदा त्यो अवस्था पाइन्छ कि पाइँदैन पछिको कुरा हो,’ उनी भन्छन्, ‘मैले आत्मनिर्भर र समृद्ध प्रदेश बनाउन इमानदारिताका साथ काम गरेँ । सुशासनका हिसाबमा पनि कसैसँग तुलना त गर्न चाहन्न । गण्डकी प्रदेश १ नम्बरमा नै थियो ।’

याे पनि,

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज राजीनामा दिदै

गाेरखा पुगेर मुख्यमन्त्री पाण्डेले भने- गण्डकी प्रदेशमा मध्यावधि निर्वाचन हुन्छ

४० जनाको जम्बो टोली लिएर गण्डकीका मुख्यमन्त्री पाण्डे मुस्ताङमा

गण्डकी प्रदेश सरकारका सय दिन : सुरु गरेका काम रोकिए, दीर्घकालीन योजनामा छैन ध्यान

गण्डकीकाे बजेट पारितकाे खुसियालीमा ‘अतिथि रिसाेर्ट’मा मुख्यमन्त्रीकाे रात्रीकालिन भाेज

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily