+
Search

ताजा अपडेट +

पपुलर +

सांसदहरूलाई ओलीको निर्देशन- सरकारको आलोचनामा बोल्ने होइन

4KNationalDaily
२०८० फाल्गुन २९, मंगलवार १८:५८ बजे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सांसदहरूलाई सरकारको आलोचनामा नबोल्न निर्देशन दिएका छन्।

मंगलबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘म दोहोर्‍याएर भन्न चाहन्छु। सरकारको आलोचनामा बोल्ने होइन। सरकारको कुनै आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ।’

उनले कतिपय विषय कहिले–कहिले देख्दा एक चिज हुने र यथार्थमा अर्कै हुने उदाहरण दिँदै प्याट्टप्याट्ट बोल्दा कहिलेकाहीँ नराम्रो हुनेमा सचेत गराए।

‘कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्न सक्छौं। त्यसलाई सन्तोषजनक बनाउने, त्यसलाई प्रशंसायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ। यदि कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढंगले उपचार खोज्नुपर्ने हुन्छ’, उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily