काठमाडौं– काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले चार स्वास्थ्य संस्थाको फोहोर संकलनमा रोक लगाएको छ।
अनुगमनपछि विभागले फोहोर संकलन रोक लगाएको हो।
कलंकीको सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल तथा चाबहिलका दीर्घायू गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए।
यसअघि विभागले महाराजगन्जको कान्ति बाल अस्पतालको फोहोर संकलनमा रोक लगाएको थियो।
प्रतिक्रिया