+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी जग्गा ‘कर्मचारीको मिलेमतो’मा व्यक्तिका नाममा दर्ता !

4KNationalDaily
२०८० फाल्गुन ५, शनिबार २१:५९ बजे

भक्तपुर– भू-माफियासँगको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा हालसाबिक गरेको भेटिएकाे छ ।

मध्यपुर थिमी नगरपालिकाको मापदण्ड विपरीत साबिक निलबाराही-९ (ख) कित्ता नम्बर १९४५, १९४६, १९४९, २४४२ को जग्गामा हाल साबिक गर्दा नापी कार्यालय, भक्तपुर तथा मालपोत कार्यालय भक्तपुरको सेटिङमा साबिकमा भएको सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको जग्गा माफियासँगले हालसाबिक गरेका हुन् ।

निलबाराही ९ (ख) कित्ता नम्बर १०९५ र १९५० को जग्गा भू-माफियासँगको मिलेमतोमा व्यक्तिको नाममा हालसाबिक गरेको नाममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको भेटिएकाे हाे ।

साबिक निलबाराही ९ (ख) कित्ता नम्बर १०९५ र १९५० को सरकारी जग्गा हाल व्यक्तिगत कित्ता नम्बर ४५१ , ४५५ लगायतमा कित्तामा घुसाई बदनियतपुर्वक मोटो रकममा प्लटरसंग असुल गरी सरकारी श्रेस्तामा कायम सरकारी जग्गालाई व्यक्तिगत जग्गा बनाएकोमा स्थानीयले विरोध गरेका छन्।

प्लटिङको नाममा सरकारी जग्गा यसरी व्यक्तिगत बनाउन कुन कानुनले दियो ? स्थानीय चलनचल्तीमा रहेको बाटोलाई मासेर नगरपालिकाको मापदण्ड विपरीत समेत १४ फिट मात्रै बाटो कायम गरेको र जग्गा सट्टामा सरकारी जग्गा व्यक्तिगत बनाएको भेटिएकाे हाे ।

विभागका अधिकारीका अुनसार नापी विभागले उक्त स्थानमा कुतै सट्टापट्टाको सहमति नदिएकाे एक अधिकृत दावी गर्छन् ।

उक्त जग्गामा जग्गाधनी र मोही समेत रहेकोमा प्लटरसंग मालपोत र नापी मिलेर मोटो रकमको लेनदेन गरी बाँडफाँड समेत नगरी एकपक्षीय रूपमा सरकारी जग्गा व्यक्तिगत जग्गामा घुसाएकोमा मोहीहरूले दुखेसो समेत गरेका छन्।

यस कामका लागि नापी कार्यालयका कार्यालय प्रमुखसमेत रहेका डा. प्रदीप सापकोटा, नापी अधिकृत सुमन विक्रम पन्त, रोशन भण्डारी , यज्ञराज चौधरीले नक्सामा मिलान गरेको र मालपोत कार्यालयका अधिकृत यदुनाथ आचार्यलगायतले लाखौँ रुपैयाँ लिएर सरकारी जग्गा व्यक्तिका नाममा सट्टा गराएका छन्।

समाचार स्राेतका अनुसार एक कर्मचारीले नाम नबताउने सर्तमा भने- ‘यसरी सरकारी जग्गा सरकारी कर्मचारीले सट्टामा बिक्री गर्छन् अनि अख्तियार र विभागको आँखा छल्छन् तर, नराम्रो कार्य नगरौँ कसैले भन्यो फाँट विभाजनमै विभेद छ, आफ्नालाई भन्दा पैसा दिनेलाई फाँटमा जिम्मेवारी छ केही नभनौँ हजुर !’

यस बिषयमा बझ्न नापी कार्यालयका कार्यालय प्रमुखसमेत रहेका सापकोटा, मालपोत कार्यालयका अधिकृत आचार्यलगायत सम्पर्कमा आएपनि कुराकानी गर्न चाहेन ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily