+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति पौडेलसँग किन रिसाए ओली

4KNationalDaily
२०८० माघ २०, शनिबार २०:३७ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसंग आक्रोशित भएका छन् ।

पार्टी संसदीय दलको बैठकलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भूमिकालाई लिएर आक्रोशित भएका हुन् ।

ओलीले राष्ट्रपति पौडेल आफ्नो पदीय मर्यादामा नबसेको बताए । राष्ट्रपतिलाई संविधान अनुसार काम गर्नु पर्नेमा सो नगरी पार्टी भन्दा माथि उठ्न नसकेको पनि आरोप लगाए ।

‘राष्ट्रपतिजी तपाईँ कांग्रेसको प्रतिनिधि होइन, सिङै देशको राष्ट्रपति हो, आफ्नो थान्कामा बस्नुस्, आफूले पाएको अधिकार प्रयोग गर्नुस्, जथाभाबी अधिकारको प्रयोग नगर्नुस्, गठबन्धनका प्रतिनिधि होइन राष्ट्रपतिज्यू तपाई, देशको प्रतिनिधि हो, देशको प्रतिनिधि भएर काम गर्नुस्’, उनले भने ।

राष्ट्रपतिले तनहुँमा गएर कांग्रेस भएर भाषण गरेको भन्दै ओलीले आलोचना गरेका हुन ।

आफू राष्ट्रपति भएको कुराको ख्याल नै नभएकोसमेत उनको भनाई छ ।

ओलीले राष्ट्रपति कानुनभन्दा माथि होइन भन्ने कुरा नबिर्सन पौडेललाई आग्रह गरेका छन् ।

‘राष्ट्रपति संविधानभन्दा माथि होइन, हामीले राजालाई त संविधान भित्र ल्याएर संविधानभन्दा माथि नहुने गराएका थियौँ, त्यो दायरा नाघ्दा राजतन्त्र समाप्त भयो, संविधानको दायरा नाघ्यो भने कसैको पनि भलो हुँदैन’, उनले भने ।

पौडेलसँग राष्ट्रपति पदको सचेतता होइन, गठबन्धन र बहुमतको दम्भ रहेको टिप्पणी गर्दै ओलीले राष्ट्रपति पौडेललाई दम्भ त्याग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily