+
Search

ताजा अपडेट +

पपुलर +

मलेसियामा छैटौँ हिमालयन गोल्ड कप हुदैं

4KNationalDaily
२०८० माघ ९, मंगलवार ११:२८ बजे

क्वालालम्पुर– हिमालयन फुटबल क्लबको आयोजनामा छैटौँ हिमालयन गोल्ड कप हुने भएको छ ।

‘एकता र मित्रताको लागि खेलकुद’ भन्ने मूल नाराको साथ चिनियाँ नयाँ वर्षको अवसरमा फेब्रुअरी १०-१२ मा रिया आईएमईको मुख्य प्रयोजनमा छैटौँ हिमालयन गोल्ड कप हुने भएको हो ।

छैटौँ संस्करणमा फुटबल मात्र नभई भलिबल तथा ५०० मिटरको दौड प्रतियोगिता हुने भएको छ । फुटबल खेल जनवरी १०, ११ र १२ तारिख हुनेछ ।

फुटबलको उद्घाटन खेल मलेसियामा रहेका नेपाली महिला फुटबल टिमहरू बिचको खेलबाट हुने भएको आयोजकले जनाएको छ। भलिबल ११ र १२ तारिख साथै दौड ११ तारिख हुने हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले सम्मेलनमा जानकारी गराए ।

फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार मलेसियन रिंगेट, दोस्रो पुरस्कार १५ हजार मलेसियन रिंगेट र ट्रफी मेडल प्रदान हुनेछ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्टाइकरलाई ५ सय मलेसियन रिंगेट प्रदान हुनेछ ।

यस्तै भलिबल तर्फ प्रथम ११ हजार, दोस्रो ५ हजार रिंगेट नगद पुरस्कार साथै ट्रफी र मेडल प्रदान हुनेछ । भने दौडको पुरस्कार प्रथम ५००, दोस्रो ३०० र तेस्रो २०० रिंगेट साथै मेडल रहेको जनाए ।

दर्ता शुल्क फुटबलको २५०१ रिंगेट, भलिबल १००१ रिगेट र दौड निःशुल्क दर्ता गराउन पाउनेछ । दर्ता समय अवधि जनवरी २५ तारिख सम्म मात्र रहेको अध्यक्ष कार्कीले जानकारी गराए ।

फुटबल तथा अन्य खेल आयोजकबाट भएको विसङ्गति र विकृतिलाई सुधार गर्नको लागि २०१५ मा हिमालयन फुटबल क्लब स्थापना भएको हो । रिया मनि ट्रास्फर एसियाका सेल्स हेड प्रदिप शर्मा ढकालले क्लबका क्याप्टेन राज कुमार कुमाललाई जर्सी हस्तान्तरण गर्दै मनिट्रास्फर र क्लबको प्रायोजक रहेको घोषणा गरेको थियो ।

सम्मेलनमा गैर आवासीय नेपाली संघ, पार्टी सङ्गठन, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू साथै व्यवसायी, खेलाडी तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily