+
Search

ताजा अपडेट +

पपुलर +

टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना नि:शुल्क डाटा सुविधा दिने

4KNationalDaily
२०८० मंसिर २५, सोमबार ०९:४४ बजे

काठमाडौं– नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकले अब एक महिनासम्मका लागि नि:शुल्क डाटा सुविधा पाउने भएका छन् ।

नेपाल टेलिकमले फाइबरबाट टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकले सोमबारदेखि लागू हुनेगरी प्रमोसनल अफरका रुपमा एक महिनासम्म नि:शुल्क ५० एमबीपीएस गतिको डाटा पाउने जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपछि १ डायल गरेर अनुरोध गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

यो सुविधा एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ । एक महिनाभन्दा बढी समयपछि सशुल्क रुपमा यो सेवा प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily