गोरखा- गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठको काज फिर्ता भएको छ । उनलाई स्वास्थ्य मन्त्रालयले पत्र पठाइ मन्त्रालयमा हाजिर हुन आउन भनेको हो । २०२९ मा स्थापना भएर ०६९ मा १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको जिल्लाको एक मात्र सरकारी अस्पताल फेरि विवादको चर्चामा रहेको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट स्त्री रोग विशेषज्ञ (दसैँ तह) डा. श्रेष्ठको व्यक्तिगत आचरणका कारण फेरि अस्पताल विवादमा तानिएको छ । माघ २०७८ मा अस्पतालमा स्त्री रोग विशेषज्ञका रूपमा भित्रिएका डाक्टर श्रेष्ठका कारण अस्पताल फेरि विवाद र चर्चामा आएको हो । कार्य सम्पादनका आधारमा गण्डकी प्रदेश प्रथम भएको गोरखा अस्पताल डाक्टर श्रेष्ठको व्यक्तिगत आचरणका थप चर्चामा रहने गरेको छ । यस बिचमा अस्पताल सुधारका थुप्रै कामहरू भएका छन् ।
डा. श्रेष्ठ पछिल्लो समय आफ्नै सहकर्मीलाई अभद्र व्यवहारका कारण विवादमा तानिएका छन् । उनको विवाद अस्पताल व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, गोरखा, गण्डकी प्रदेशको सामाजिक विकास, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री कार्यालय, संघीय स्वास्थ्य मन्त्रालयसम्म पुगेको समाचार स्रोतको दाबी छ । अस्पताल व्यवस्थापक समितिका एक पदाधिकारी भन्छन्, ‘उहाँ गोरखा आएपछि नै विवादका शृङ्खला सुरु भएको हामीले भेउ पाएका त हौँ, तर उहाँमा करेक्सन आउँछन् कि भनेर बसेका थियो । तर पछिल्लो समय उहाँमा देखिएको विचलन तथा विवादले अस्पतालकै बदनामी हुदैं गएपछि माथिल्लो निकायमा पुगेको हो । यस अघि पनि गोरखा अस्पतालमा महिला कर्मचारी माथि अभद्र व्यवहार गरेको भन्दै केही कर्मचारीहरूलाई कारबाही भएको थियो ।
राजनीतिक रूपमा कुनै पार्टीको साथ र सहयोग रहेको भन्दै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रेष्ठ पछिल्लो समय झन् उग्र बन्दै गएको दाबी छ । सामान्य रूपमा पनि (मेडिकल सुपरिन्टेन्डेन्ट) अस्पतालको सामान्य नियमसमेत लत्याउदैं उनमा मनोमानी बढ्दै गएको उनीहरूको आरोप छ ।
डा. श्रेष्ठ गोरखा आउनु भन्दा अघि सुदूरपश्चिम प्रदेशको महाकाली अस्पतालमा कार्यरत थिए । उनी कार्यरत रहँदा एक सहकर्मीसँगको सम्बन्ध चर्चामा आयो । सेवा प्रवेश गरेको केही समयमा नै उनी र सहकर्मी कर्मचारीकाे चर्चा हुने गरेको उनीसंग काम गरेका डाक्टरहरू दाबी गर्छन् । विवाहित डाक्टर श्रेष्ठसंगको सम्बन्धका कारण सुदूरपश्चिमबाट गोरखा आएकी ती सहकर्मीसंगको सम्बन्ध केही समय ब्रेक लाग्यो ।
पछिल्लो समय करिब ३ हप्ता अघि अस्पताल व्यवस्थापक समितिको बैठक थियो । अघिल्लो दिनसम्म अस्पतालमा काम गरिरहेका डा. श्रेष्ठ एकाएक घाइते अवस्थामा बैठकमा प्रवेश गरे । बैठकमा उपस्थिति एक समितिका अनुसार, ‘के भयो ?, कसरी यस्तो भयो ?’ भनेर सोधिखोजी गर्दा थाहा भयो कि कुनै समयसंगै कार्यरत ती सहकर्मीको गोरखा आगमनपछि झगडा भएको रहेछ । त्यो झगडा पनि सरकारी क्वाटरमा नै भएको समाचार स्राेतकाे दावी छ ।
सरकारी क्वाटरमा भएको त्यो झगडापछि डा. श्रेष्ठकी श्रीमती सहितको पारिवारिक टोली चितवनको मुग्लिङ पुग्यो । मुस्लिनमा ती सहकर्मीसहित डा. श्रेष्ठ र परिवारका सदस्य बिचमा सहमति भयो । सहमति पश्चात् ती सहकर्मी कर्मचारी आफ्नो बाटो लागिन । त्यस पश्चात् दसैँ तिहार लाग्यो । लगतै केही दिनअघि फेरि ती सहकर्मी कर्मचारी गोरखा अस्पतालको सरकारी क्वाटरमा डा. श्रेष्ठको साथमा रहेको दाबी छ ।
डा. श्रेष्ठ यस विषयमा बोल्न चाहेनन् । उनले ‘केही समयमा कल गर्नु ल’ भन्दै फोन राखेपछि पत्तिकारसंग सम्पर्कमा आउन चाहेनन् ।
अस्पतालको फार्मेसीमा औषधी इन्ट्री देखिएको तर भौतिक रूपमा औषधी नदेखिएको घटना आन्तरिक रुपमा नै मिलाइएको छ । २१ लाख भन्दा बढी मूल्यको औषधी तलमाथि भएपछि औषधि सप्लायर्सले फेरी ल्याएको अस्पताल विकास समितिका एक सदस्य बताउँछन् । फार्मेसी व्यवस्थापन नयाँ राखेर नयाँलाई नै कारोबार बिगारेको आरोप लगाइरहेको अस्पताल प्रशासनले अहिले पुराना व्यवस्थापकले एक लाख ३१ हजार मात्रै हिनामिना गरेको प्रतिवेदन निकालेको छ ।
बिमाका बिरामीले औषधी नपाउने र बिमा बाहिरका बिरामीलाई बाहिर मेडिकलमा पठाउने काम हुँदै आएको थियो । फार्मेसीमा इन्ट्रि हुनु, डाक्टरले बिरामीलाई त्यही औषधी लेख्नु तर बिरामीले नपाउनुलाई रहस्यमय रूपमा लिइएको थियो । दैनिक ५०० भन्दा धेरै बिरामीहरूले अस्पतालमा सेवा लिँदै आइरहेका थिए ।
करारमा रहेका कर्मचारीहरूको प्रत्येक ६/६ महिनामा नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।
अस्पतालमा सेवा गरिरहेका करारका कर्मचारीको सेवा नवीकरणका लागि समेत उनीहरूलाई डा. श्रेष्ठले दबाबमा राख्ने गरेको र अनुचित सम्बन्धमा जोड दिने गरेको आरोप उनीमाथि छ । आफ्नो पक्षमा सबै पार्टीका नेता र जिल्लाका नाम चलेका सञ्चारकर्मीहरू रहेकाले कसैले केही गर्न नसक्ने दम्भ उनले प्रस्तुत गरेका गर्दै आएका छन् । श्रेष्ठको मंसिर १० गते मन्त्रालयमा कामकाज गर्ने गरी सरुवा भएको हाे । उनी माघसम्म जसरी पनि गाेरखामा नै बस्ने याेजनाका साथ गाेरखा नै बसिरहेका छन् ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालय सरुवा गरेपछि डा श्रेष्ठ अहिले पनि गोरखा अस्पतालमा नै कार्यरत छन् । अस्पतालको वेबसाइटमा उनी नै निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रहेको उल्लेख छ ।
खण्डन सम्प्रेषण सम्बन्धमा
समाचार प्रकाशनका क्रममा डा. श्रेष्ठसंग कुराकानीका क्रममा सम्पर्कमा आउन नचाहेका उनले समाचार प्रकाशन पश्चात् सम्पर्कमा आए ।
पत्तिकारको सम्पर्कमा आएको डा. श्रेष्ठले प्रकाशित समाचारका विषयमा आपत्ति जनाए । पालिका लाइभलाइ प्राप्त खण्डनमा अस्पताल विकास व्यवस्थापन समिति र कर्मचारी युनियन इकाई कार्यसमिति गोरखाका अध्यक्ष चिज कुमार श्रेष्ठको पत्रमा प्रकाशित समाचारका विषयमा अस्पताल र कर्मचारी युनियनको आधिकारिक निर्णय नभएको उल्लेख छ ।
समाचारमा अस्पतालमा अनियमितता सम्बन्धी अस्पताल व्यवस्थापन समितिको ०८० असार ४ गते बैठक अनुसार ५ सदस्य फार्मेसी छानबिन समिति गठन भएको र सोही समितिको प्रतिवेदन अनुसार नै ०८० असोज २५ गतेको छानबिन समिति बैठकको निर्णयअनुसार कार्यान्वयन भएको उल्लेख छ ।
अस्पताल व्यवस्थापन समितिको पदाधिकारी र सदस्यको हवाला दिई प्रकाशित समाचार सोही व्यवस्थापन समितिको ०८० मंसिर १९ गते प्रकाशित समाचार झुट्टा र कपोकल्पित हुँदा सोही ब्यहोराको खण्डन प्रकाशन गर्न हुन अनुरोध गरिन्छ ।
याे पनि,
गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट श्रेष्ठको सरूवा
गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी
गाेरखा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टसंगकाे विवादपछि डाक्टरले दिए राजिनामा
तिनदिन भित्र गोरखा अस्पताल छाड्न मेसु भुर्तेललाई मन्त्रालयको निर्देशन
प्रतिक्रिया