+
Search

ताजा अपडेट +

पपुलर +

६ अर्ब ६६ करोड बराबरको सेयर बेचेर नेपालबाट बाहिरियो एक्जियाटा

4KNationalDaily
२०८० मंसिर १६, शनिबार १६:३९ बजे

काठमाडौं- मलेसियन कम्पनी एक्जियटा कम्पनीले एनसेलमा लगानी गरेको ८० प्रतिशत सेयर बेलायतमा रहेको एक कम्पनीलाई बेचेको छ। एक्जियटाले नेपालका सतिशलाल आचार्यको बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ब्रिकी गर्ने सम्झौता गरेको हो।

सम्झौतामा उल्लेख भए अनुसार ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडको सेयर सो कम्पनीलाई बेचिएको हो।

सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने एक्जियाटाले नै पाउने सम्झौतामा उल्लेख छ।

स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो।

एक्जियटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो। एक्जियटा बाहिरिने भएपछि उसको सेयर सो कम्पनीले किनेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily