+
Search

ताजा अपडेट +

पपुलर +

गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट श्रेष्ठको सरूवा

4KNationalDaily
२०८० मंसिर १०, आईतवार १८:४७ बजे

गोरखा– गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठको सरुवा भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट वरिष्ठ कन्सल्टेन्ट अक्स्ट्रेटिक्स तथा गाइनाेकाेलिजष्ट (दसैँ तह)का श्रेष्ठको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काज सरुवा गरेको हो ।

माघ, २०७८ मा अस्पतालमा कन्सल्टेन्ट अक्स्ट्रेटिक्स तथा गाइनाेकाेलिजष्टका रूपमा भित्रिएका डाक्टर श्रेष्ठ पछिल्लो समय विवादित भएको भन्दै गुनासो बढेपछि मन्त्रालयले सचिव स्तरकाे निर्णय गर्दै काज सरुवा गरेको हो ।

विवादित पृष्ठभूमिका डा. श्रेष्ठ पछिल्लो समय गोरखा बसाइका क्रममा विवादित भएका थिए । पछिल्लो समय गोरखा अस्पताल गण्डकी प्रदेशकै नमुना अस्पतालका रूपमा प्रदेश सरकारबाट सम्मानितसमेत भएको थियो ।

याे पनि,

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी

गाेरखा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टसंगकाे विवादपछि डाक्टरले दिए राजिनामा

तिनदिन भित्र गोरखा अस्पताल छाड्न मेसु भुर्तेललाई मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीकाे जागिर खाईदिन्छु भन्दै धम्क्याउने मेडिकल सुपरिन्टेन्डेन्टकाे सरूवा भएपछि….

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily