काठमाडौं– एभरेष्ट बैंक र पोखराको होटल क्राउन हिमालयजले सहकार्य गर्ने सम्झौता गरेका छन्।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले होटलमा १० प्रतिशत छुट पाउनेछन्। होटलका कोठा, रेष्टुरेन्ट र स्पा सेवामा बैंकका ग्राहक र कर्मचारीले १० प्रतिशत छुट पाउने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।
३८ कोठा क्षमताको तीन तारे होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिंदै आएको छ।
मार्फत एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई छुटको योजना सार्वजनिक गरिएको छ। बैंकका कर्मचारी र ग्राहकले तीन तारे होटलमा १० प्रतिशत छुट व्यवस्थाको सहमती भएको जनाइएको छ।
प्रतिक्रिया