+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो घट्यो, पाउण्ड बढ्यो, यस्तो छ आजको विनिमय दर

4KNationalDaily
२०८० कार्तिक २, बिहीबार ०८:३६ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९२ रुपैयाँ रहँदा बिक्री दर १३३.५२ रुपैयाँ रहेको छ। बुधबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४०.३८ रुपैयाँमा झरेको छ। बिक्री दर १४१.०१ रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४०.५१ रुपैयाँ र बिक्री दर १४१.१४ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६२.०४ रुपैयाँ र बिक्री दर १६२.७७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.८७ रुपैयाँ र बिक्री दर १६२.६० रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily