+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल पे क्यूआर अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट स्क्यान गर्न सकिने

4KNationalDaily
२०८० आश्विन २७, शनिबार १२:४१ बजे

काठमाडौं– अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्नेछन् ।

त्यसै गरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ ।

नेपाल पे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ वा वालेटको प्रयोगकर्ताले क्यूआर गर्ने अप्सन मा गई नेपाल पे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

नेपाल पे क्यूआरमा अन्तरआबद्धताले क्यूआर भुक्तानीमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

नेपाल पे क्यूआर नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्किमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily