काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ र बिक्री दर १३३.५० रुपैयाँ तय भएको छ। हिजो १ डलरको खरिद दर १३२.८१ र बिक्री दर १३३.४१ रुपैयाँ थियो।
यस्तै, आज १ युरोको खरिद दर १४१.१४ र बिक्री दर १४१.७८ रुपैयाँ रहेको छ। हिजो १ युरोको खरिद दर १४०.८३ र बिक्री दर १४१.४७ रुपैयाँ थियो।
हिजो १ पाउण्डको बिक्री १६३.९३ रुपैयाँ रहेकोमा आज १ पाउण्डक बिक्री दर १६४.१४ पुगेको छ। आज १ पाउण्डको खरिद दर भने १६३.४१ रहेको छ।
प्रतिक्रिया