+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पूरा गरियोस्ः सांसद थापा

4KNationalDaily
२०८० आश्विन २५, बिहीबार २०:४६ बजे

काठमाडौं- नेकपा एमालेका सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताए।

उभले भने, ‘स्थानीय तहका कर्मचारीहरु असोज १४ गतेदेखि आन्दोलनमा छन्। स्थानीय तहका कामहरु ठप्प छन्। तिनको जायज मागहरु सम्बोधन गर्नेगरी सहमति र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन। उल्टै दमनमा उत्रिएको छ। म स्थानीय तहका राष्ट्रसेवकहरुका जायज माग अविलम्ब सुन्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गरे। उनले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘हमास र लडाकुहरुबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसंघको दुई राष्ट्र स्थापनाको प्रश्ताव अनुरुप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहन्छु।’

सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको भ्रमणको सम्बन्धमा सरकारले संसद्‌मा जवाफ दिनुपर्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily