+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी डलरको भाउ घट्दा युरो र पाउण्डको बढ्यो, यस्तो छ आजको विनिमय दर

4KNationalDaily
२०८० आश्विन २४, बुधबार ०८:५७ बजे

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलरको भाउमा झिनो गिरावट आउँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९३ रुपैयाँ र बिक्री दर १३३.५३ रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.८१ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.४४ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १३९.९२ रुपैयाँ र बिक्री दर १४०.५५ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६३.०० रुपैयाँ र बिक्री दर १६३.७३ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.७६ रुपैयाँ र बिक्री दर १६२.४९ रुपैयाँ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily