+
Search

ताजा अपडेट +

पपुलर +

वाई-फाई वा डेटा नहुँदा पनि प्रभु बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाइने

4KNationalDaily
२०८० आश्विन १३, शनिबार १९:१७ बजे

काठमाडौं– प्रभु बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ ।

इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले यस्तो सुविधा ल्याएको हो ।

याेसँगै वाई-फाई वा मोबाइल डेटा नहुँदा समेत प्रभु बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न सकिने छ ।

माेबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेल आजियाटासँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ एप चलाउने अवसर दिएकाे हाे ।

‘डेटा छैन, नो प्रोब्लम! प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाइल डेटा खर्च नहुने तथा डेटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ,’ बैंकले फेसबुकमा लेखेको छ ।

बैंकका अनुसार नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरूले मोबाइल डेटाको शुल्क नलाग्ने तथा डेटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily