+
Search

ताजा अपडेट +

पपुलर +

अब प्रहरी चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसूर उल्लेख नहुने

4KNationalDaily
२०८० आश्विन १, सोमबार २१:४० बजे

काठमाडौं– गृह मन्त्रालयबाट जारी ’प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ आज राजपत्रमा प्रकाशित भएको छ ।

जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसूर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन ।

साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ ।

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसूर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसूरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily