+
Search

ताजा अपडेट +

पपुलर +

एभरेष्ट बैंकद्वारा २०.५३ प्रतिशत लाभांश घोषणा, नगद र बोनस सेयर कति?

4KNationalDaily
२०८० भाद्र २७, बुधबार १८:३६ बजे

काठमाडौं– एभरेष्ट बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

बैंकको भदौ २७ गते बुधवार बसेको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ।

उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएमा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीमा वितरण हुनेछ।

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो।

बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँका आधारमा सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरणको क्षमता राखेको थियो।

तर, बैंकले क्षमताअनुसार लाभांश वितरण गर्ने गरी राष्ट्र बैंकबाट प्रारम्भिक स्वीकृति नपाएपछि लाभांश घोषणा गरेको हो।

 

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily