+
Search

ताजा अपडेट +

पपुलर +

‘मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाप, यसको ब्याइफ्रेन्ड छैन भनेर’

4KNationalDaily
२०८० भाद्र ७, बिहीबार १६:३० बजे

काठमाडौं– हिन्दू महिलाहरूको पर्व तीज आउन करिब महिना बाँकी रहँदा युट्युब च्यानलहरू तीज गीतले भरिन थालेका छन्। कलाकारहरूले तीजलाई लक्षित गर्दै गीत सार्वजनिक गर्ने क्रमले तीव्रता छ।

यसैबीच चर्चित गायक भागीरथ चलाउनेले नयाँ गीत सार्वजनिक गरेका छन्, ‘मेरो लागि मर्ने केटो मने परेन’।

गीतमा भनिएको छ, ‘कसैले पत्याउनन् लभ परेको होइन भनेर, मलाई एउटा सिफारिस बनाइदेऊ मेयरसाप यसको ब्याइफ्रेन्ड छैन भनेर।’

गीतमा भागीरथकै शब्द, सङ्गीत छ। भागीरथ र रेखा जोशीको आवाज छ। करिश्मा ढकाल र भागीरथ फिचर्ड छन्।

यो गीत युट्युबमा अपलोड भएको २ दिनमा झन्डै २ लाख पटक हेरिएको छ। युट्युबमा अहिले २० नम्बर नेपाल ट्रेन्डिङमा रहेको गीतले ‘ट्रेन्डिङ वान’सम्म आएर जम्ने अनुमान छ।

गीतको शब्द र लय मौलिक रहेको कारण यस गीतलाई धेरैले रुचाइरहेको देखिन्छ। टिकटक र फेसबुक रीलमा पनि यो गीत ‘ट्रेन्डिङ’ मै छ।

अघिल्लो तीज ‘२०७९’ मा भागीरथ चलाउनेको गीत झमझम झुम्काना सर्वाधिक चर्चामा थियो। हालसम्म त्यो गीत युट्युबमा मात्रै २ करोड ६० लाख बढी पटक हेरिएको छ।

अहिलेसम्म सार्वजनिक भएका तीज गीत हेर्दा यसपटकको तीजमा पनि भागिरथकै यही गीत ‘मेरो लागि मर्ने केटो मने परेन’ सर्वाधिक चर्चामा रहनसक्ने अनुमान गरिएको छ।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily