+
Search

ताजा अपडेट +

पपुलर +

समीक्षा अधिकारीको भिसा अस्ट्रेलियाले रद्द गरेपछि….

4KNationalDaily
२०८० भाद्र ७, बिहीबार ११:४८ बजे

काठमाडौं- गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ ।

उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो ।

आखिर उनको भिसा रद्द किन भयो त ?

फागूपूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर गएकी थिइन् । फर्किँदा उनले दिदीलाई उतै छोडेर आएको कारण अहिले भिसा रद्द भएको बताइन्छ ।

उनी अहिले फेरि तीजको अवसरमा आयोजना हुन लागेको कार्यक्रमका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन् ।

उनको १ वर्षको भिसा भएकाले उनले फेरि आवेदन दिनुपर्ने त थिएन । तर फेरि आफू १८ वर्ष नपुगेकोले केयर टेकरको आवश्यकता पर्ने भन्दै समीक्षाले आवेदन दिएकी थिइन् ।

जसअनुसार केयर टेकरको रूपमा लैजान लागेको व्यक्तिको भिसाका लागि आवेदन दिइएको थियो ।

पहिले लगेको केयर टेकर उतै छाडेको कारण नेपालस्थित अस्ट्रेलियन दूतावासले उनको भिसा रद्द गरिदिएको बताइएको छ ।

समीक्षाले अब तत्काल भिजा पाउँछिन् वा पाउँदिनन् त्यो भने अहिले बाहिर आएको छैन । यस विषयमा समीक्षाले पनि मौन छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily