+
Search

ताजा अपडेट +

पपुलर +

मधु क्षेत्रीको ‘हेर्दिन ऐना ढाटेको हैन’ सार्वजनिक

4KNationalDaily
२०८० भाद्र ७, बिहीबार ११:३६ बजे

काठमाडौं– नेपाली नारीको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू सार्वजनिक गरिन थालिएको छ । आउँदो १ असोजमा हरितालिका तीज पर्व परेको छ ।

तीज नजिकिँदै गर्दा तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।

हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका मधु क्षेत्रीले तीज गीत ‘हेर्दिन ऐना ढाटेको हैन’ लिएर आएकी छिन् ।

सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र टिकटकमा चर्चा बटुल्दै गएको छ।

गीत निकै मेहनत गरेर निकालिएकोले यसपालिको गीत पनि अघिल्लो जस्तै चर्चामा आउने गायिका मधु क्षेत्रीको विश्वास छ। यस अगाडि गायिका मधु क्षेत्रीले ‘सोचे झैँ जिन्दगी रैनछ’ बोलको गीत सार्वजनिक गरिसकेकी छिन् ।

टिकटकमा भिडिओ पनि सोही गीतले नै भरिए। गीतको डान्स स्टेटहरू भाइरल नै भए । गीतले छोटो समयमा करोड क्लबमा प्रवेश पायो । सोही गीतकी गायिका मधु क्षेत्री पनि उत्तिकै चर्चामा आइन्।

गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरूमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् ।

काजिस श्रेष्ठको निर्देशन र छाँयाकनमा मोडल रमेश विश्वकर्मा र गीता ढुंगनाको धमकेदार नृत्य प्रस्तुति रहेको उक्त भिडियोमा सिनेम्याटोग्राफर नवराज उप्रेती र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

चर्चित सर्जक तथा लोकदोहोरी गायक भगीरथ चलाउनेको लय तथा शब्दमा भगीरथ चलाउने र गायिका क्षेत्रीको आवाजमा रहेको तीज गीत ‘हेर्दिन ऐना ढाटेको हैन’ भगीरथ चलाउने युटूव च्यानलबाट बजारमा आएको छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily