+
Search

ताजा अपडेट +

पपुलर +

हाम्रो माग पूरा भयो, आजबाट संसद खुल्छ : पदम गिरी

4KNationalDaily
२०८० भाद्र ६, बुधबार १४:३२ बजे

काठमाडौं– सुन तस्करीको छानबिन गर्न आयोग बनाउने सहमति भएपछि बुधवारबाट संसद खुल्ने भएको छ ।

बुधवार सिहंदरवारमा राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकले सुन तस्करीबारे २ बुँदे सहमति गरेसँगै संसद समेत खुलाउने निर्णय भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

‘अब आजबाट संसद खुल्छ’, उनले भने, ‘तस्करीको सुन छानबिनबारे आयोग बनाउन हामीले धेरै ठुलो मेहनत गर्नुपर्‍यो ।’

दलहरूबिच आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने गरी सहमति भएको हो ।

याे पनि,

राष्ट्रिय मान्यता प्राप्त दलहरुबीचको दुई बुँदे सहमति : सदन खोल्नेदेखि छानबिन समिति बनाउनेसम्म

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily