+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय मान्यता प्राप्त दलहरुबीचको दुई बुँदे सहमति : सदन खोल्नेदेखि छानबिन समिति बनाउनेसम्म

4KNationalDaily
२०८० भाद्र ६, बुधबार १४:०२ बजे

काठमाडौं– संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । केहीबेरमा औपचारिक रुपमा हस्ताक्षर हुनेछ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।

यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो।

मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily