+
Search

ताजा अपडेट +

पपुलर +

मेटमणिको ठोकुवा- ओली यही वर्ष पक्राउ पर्दैछन् (भिडिओ)

4KNationalDaily
२०८० भाद्र ५, मंगलवार १८:११ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने ठोकुवा गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको आरोप लगाए । पक्राउ पर्ने डरले ओलीले संसद अवरुद्ध गरिरहेको उनको दाबी छ ।

उनले भने- ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौं । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संस्द अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने जिकिर गरे ।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily