काठमाडाैं– गायक शंकर थापाको स्वरमा सजिएको नयाँ आधुनिक गीत सम्झनामा ताज महलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियोमा चर्चित नायिका अनिता गिरिको अभिनय रहेको छ भने उनलाई मोडल लेनले साथ दिएका छन् ।
गीतमा गणेश शाहीको लय देवेन्द्र बरालको संगीत र पुष्कर सुनुवारले एरेन्ज गरेका हुन ।
युवा युवतिको प्रेम कहानीलाई प्रस्तुत गरिएको उक्त भिडियोलाई माधव शर्माले निर्देशन गरेका हुन भने सन्तोष राजभाको छायाङ्कन र डिन्सोन शाहको सम्पादन र कलाकार मेकअप मा विमला तामाङको रहेको छ ।
गीत युवापुस्ताको रोजाइमा परेको छ ।
भिडियो
प्रतिक्रिया