+
Search

ताजा अपडेट +

पपुलर +

भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट

4KNationalDaily
२०८० श्रावण २९, सोमबार १९:५५ बजे

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौं कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबिच विशेष छुटको समझदारी भएको छ ।

बैंक र हस्पिटलबिच सोमबार विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकका कार्डबाहक ग्राहकले हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ ।

बैंकका देशैभर १८८ शाखा, १४७ एटिएम, ३ वटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily