काठमाडाैं- गायिका पूजा क्षेत्रीले तीजको कोसेली ‘हाई मेरी गुन्टुरी’ लिएर आएकी छिन् ।
हिन्दुहरूको महान् पर्व हरितालिका तीजको अवसरमा गायक पशुपति शर्माको लय तथा शब्दमा र गायिका क्षेत्रीको आवाजमा रहेको तीज गीत हाई मेरी गुन्टुरी’ बजारमा आएको हाे ।
समकालीन कलाकार भन्दा फरक देखिन रुचाउने गायिका क्षेत्रीले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरूमा समेत नेपाली समाज र समय सापेक्ष सन्देश पस्कने गर्दछिन् ।
मौसम हिमालीको निर्देशनमा मोडल रमेश विश्वकर्मा र लालाना चिमरियाको धमकेदार नृत्य प्रस्तुति रहेको उक्त भिडियोमा राजेश घिमिरेको छाँयाकन र नवीन घर्ती मगरको सम्पादन रहेको छ ।
सुर्खेतमा जन्मिएकी पूजा क्षेत्री हाल काठमाडौंमा साङ्गीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रूपमा परिचित क्षेत्री गायनमा मात्र होइन, मोडलिङमा पनि उत्तिकै जम्छिन् ।
उनले २५ वटा भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने ३० भन्दा बढी गीतहरूमा आवाज दिइसकेकी छिन् ।
उनले राजु परियारसँग गाएको ‘के मा चित्त दुख्यो मयालै’ का मिलन लामासँग गाएको ‘तिम्रो माया’ र ‘भुरुरु पुतली उड्यो’ बोलको गीत पनि चर्चामा रहेको थियो ।
हरितालिका तीज नेपाली महिला तथा संस्कृतिको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नको लागि आफूले मौलिक गीतलाई प्राथमिकता दिँदै आएकोले साङ्गीतिक यात्रामा अझै अघि बढ्दै जाने र साङ्गीतिक क्षेत्रलाई निरन्तर अघि बढाउने योजना रहेको बताउँछिन् ।
भिडियाे
प्रतिक्रिया