काठमाडौं- निजी क्षेत्रद्वारा प्रवर्द्धित बुद्ध एयरले नयाँ विमान थपेको छ ।
आफ्नो सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित बुद्धले १६ औँ एटीआर विमान थपेको हो ।
कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत आफ्नो १६ औँ विमान किनेको हो ।
कम्पनीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजबाट ७० सिट क्षमताको एटीआर ७२ जहाज किनेको जानकारी दिएको छ ।
फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौँ आइपुगेको जनाइएको छ ।
बुद्ध एयर नेपालको आन्तरिक उडानतर्फको अग्रणी हवाई कम्पनी हो ।
प्रतिक्रिया