+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय जनप्रतिनिधिको मूल्यांकन गर्न मतदान

4KNationalDaily
२०८० श्रावण २७, शनिबार ११:४५ बजे

काठमाडौं– जनमत पार्टीले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको मतदानद्वारा मूल्याङ्कन गर्दैछ। त्यसका लागि शनिवार निर्वाचन गरिँदै छ।

नमुना मतपत्रमा ‘जनमत पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको अनुमोदन रेटिङ मतपत्र’ नाम दिइएको छ।

जसमा जनप्रतिनिधिको ‘काम कस्तो पाउनुभएको छ?’ भनेर सोधिएको छ। जसमा सन्तोषजनक छ/सुधारसहित ठिक छ वा बिलकुल ठिक छैन भन्ने विकल्प दिइएको छ।

स्थानीय तहमा जनमत पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको अनुमोदन मूल्याङ्कन अर्थात् एप्रुभल रेटिङका लागि विभिन्न स्थानीय तहमा आज मतदान भइरहेको पार्टीका सचिव बिपी साहले जानकारी दिएका छन् ।

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्याङ्कनका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको साहले बताए ।

‘राइट टु रिकल’को प्रावधान राखेको जनमत पार्टीले आफ्ना जनप्रतिनिधिहरूले जनताको चाहना अनुसार काम गरेको वा नगरेको मूल्याङ्कनका लागि पहिलो पटक एप्रभुल रेटिङ गर्दैछ ।

२०८० वैशाख ३० गतेभन्दा पहिलेसम्म जनमत पार्टीको सदस्यता लिएकाहरूले मात्र मतदान गर्न पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily