काठमाडाैं– तीज गीत ‘मोहनी लगायौ कानको झुम्काले’ बोलको गीत बजारमा आएको छ ।
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर गायक तथा शब्द सङ्कलक तिलक रामदामको प्रस्तुति रहेको यो गीतमा जय देवकोटा र विष्णु परियारको आवाज रहेको छ ।
एरेन्ज सञ्जय श्रीपालाको रहेको छ भने गीतको शब्द र सङ्गीत गीतकार रामदाम आफैले गर्नु भएको छ । कलाकार अस्विन मगर र रुविना अधिकारीको गज्जबको अभिनय रहेको छ ।
नवलपुर बुलिङटार गाउँपालिका थामबेसिमा जन्मेका रामदाम शब्द लेखन, गायन र अभिनयमा दक्खल राख्न सक्ने युवा कलाकार हुन् । रोजगारको सिलसिलामा यति बेला रामदाम नेपाल बाहिर हुनुहुन्छ। यस अघि पनि थुप्रै गीत सार्वजनिक गरी सकेका छन् ।
गएको वर्ष ‘चकलेटी हिरो’ बोलको गीत ल्याएका रामदामले यो पटक भने केही फरक सिर्जना श्रोता दर्शक सामु ल्याएका हुन् ।
श्रीमान्/श्रीमतीबिचमा अगाध माया प्रेम भए पनि शङ्का/ उपशङ्का उत्पन्न भएका कुरालाई गीतकार रामदामले शब्द मार्फत उतार्ने जमर्को गरेका गायक रामदामले काले र कालीलाई मुख्य पात्र बनाएर देखाउन खोजेका छन् ।
आफ्नै अफिसियल युट्युब च्यानल मार्फत गीत सार्वजनिक भएको छ । अन्य गीत जस्तै यो पटकको तीज गीतलाई माया गरी दिनका लागि उनले श्रोता दर्शकलाई हार्दिकताका साथ अनुरोध गरेका छन् ।
भिडियो
प्रतिक्रिया