काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन्।
शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन्।
उनले अब एकजना मान्छे पनि पैसा नभएको कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने बताए।
उनले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए।
मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालय जस्तो नभई अस्पताल जस्तो भइरहेको पनि बताए।
उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरूको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे।
द्वन्द्वकालका घाइतेहरूको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो।
मन्त्री बस्नेतले सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको बताए।
उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरूलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरूमा सुधार आइरहेको बताए।
अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ।
मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरू दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताए।
भिडियाे
प्रतिक्रिया