+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेश सरकारका सय दिन : सुरु गरेका काम रोकिए, दीर्घकालीन योजनामा छैन ध्यान

4KNationalDaily
२०८० श्रावण २०, शनिबार १६:५९ बजे

पोखरा– गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे नेतृत्वमा सरकार गठन भएको शनिबार सय दिन पुगेको छ। तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको बहिर्गमनपछि पाण्डेले गत वैशाख १५ गतेदेखि सत्ता सम्हालेका थिए।

प्रदेश सरकारको तर्फबाट सय दिनको यात्राबारे विवरण प्रकाशन गरिएको छ। जसमा सरकारले गरेका मुख्य कामहरुको सूची पनि उल्लेख गरिएको छ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक विकास कार्यक्रम पारित भएको विषयलाई उपलब्धिको पहिलो बुँदामा राखिएको छ। त्यस्तै, गण्डकी प्रदेशको नेतृत्वमा प्रधानमन्त्रीको उपस्थितिमा सात वटै प्रदेशमा मुख्यमन्त्रीहरु सम्मिलित अन्तर प्रदेश मुख्यमन्त्री बैठक सम्पन्न गरिएको विषयलाई दोस्रो बुँदामा उल्लेख गरिएको छ।

‘गण्डकीमा डायलायसिस सेवाः नागरिकको स्वास्थ्यमा टेवा’ भन्ने नारासहित झन्झटमुक्त र पालो कुर्नुपर्ने अवस्थालाई शून्यमा झार्न संक्रामक तथा सरुवा रोग अस्पताल, कास्कीमा २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना तथा सञ्चालन गरिएको छ। २२ वटा नयाँ डायलायसिस मेसिन ल्याइएको छु, सूचीमा उल्लेख छ।

लम्पी स्किन रोगको रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २२ लाख रुपैयाँको औषधि खरिद गरी जिल्लास्थित कार्यालयमा पठाएको भनिएको छ।

भिडियाे

‘घरेलु मदिरालाई ब्राण्डिङ र बजारीकरण गर्ने, गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी औषधिजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने गरी परामर्श थालिएको छ। साथै यस सम्बन्धमा खोजरअनुसन्धान कार्य गरिएको संस्थासँग सहकार्यका लागि चरणबद्ध छलफल भइरहेको छ’ उपलब्धि सूचीमा उल्लेख छ।

सरकार गठन भएको १ सय दिन पूरा हुँदासम्म पनि पाण्डे नेतृत्वको सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्न सकेको छैन । अघिल्ला सबै प्रदेश सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको भएता पनि पाण्डे नेतृत्वको सरकारले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डकै उपस्थितिमा असार १५ गते अन्तरप्रदेश मुख्यमन्त्री बैठक गण्डकी प्रदेशमा गर्न मुख्यमन्त्री पाण्डे सफल भए । बैठकले प्रहरी समायोजन, वित्तीय हस्तान्तरणको ढाँचामा बदली, जग्गाप्राप्तिको अड्चन खुलाउने, निजामती सेवा र शिक्षा ऐन ल्याउने लगायत विषयमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

मुख्यमन्त्री पाण्डेले प्रदेशको विकास गर्न सक्दो प्रयास गरेको प्रतिक्रिया दिए ।

[pdf-embedder url=”https://www.4knationaldaily.com/wp-content/uploads/2023/08/प्रदेश-सरकारको-सय-दिन-11691231105.pdf” title=”-प्रदेश-सरकारको-सय-दिन (1)1691231105″]

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily