+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी गाउँपालिकामा संघ र प्रदेशका योजनाका बिषयमा छलफल

4KNationalDaily
२०८० श्रावण १९, शुक्रबार १९:३० बजे

गोरखा– गण्डकी गाउँपालिकाले पालिका भित्र चालु आर्थिक बर्षम २०८०/०८१ मा सञ्चालन हुने संघ तथा प्रदेशका योजनाका विषयमा छलफल गरेको छ ।

गाउँपालिकाले पालिका भित्र विनियोजित भएका योजनाहरूलाई प्रभावकारी कार्यान्वयनका लागि वडाध्यक्ष तथा कर्मचारीहरूसँग आन्तरिक छलफल गरेको गाउँपालिका अध्यक्ष दीपक तिमेल्सिनाले बताए ।

संघ र प्रदेशका बजेटको प्रभावकारी अनुगमन नहुँदा कार्यान्वयन प्रक्रिया फितलो हुने गरेको तथा बजेट अनुसारको काम नहुने गरेको नागरिकहरूको गुनासो आउने गरेकाले वडा र पालिकाले बजेटको प्रभावकारी कार्यान्वयनमा खेल्नुपर्ने विषयमा छलफल भएको उनले बताए ।

पालिका विनियोजित बजेटको गुणस्तर कायम गर्ने र राजस्व संकलन लगायतका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily