+
Search

ताजा अपडेट +

पपुलर +

मोटर बाटो नभएको खेतीयोग्य जमिन धितो राखेर किसानले २० लाखसम्म ऋण पाउने

4KNationalDaily
२०८० श्रावण ९, मंगलवार ११:३९ बजे

फाइल तस्बिर

काठमाडौँ– किसानले मोटर बाटो नभएको खेतीयोग्य जमिन धितो राखेर ऋण (कर्जा) लिन पाउने भएका छन्।

वास्तविक किसानले अब जग्गा धितो राखेर खाद्यान्न उत्पादन, पशुपन्छी तथा मत्स्यपालन जस्ता कार्यका लागि बैंक तथा वित्तीय संस्थाबाट २० लाखसम्म कर्जा लिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार वास्तविक किसानमा वित्तीय पहुँच पुर्‍याउन मोटर बाटो नभएको खेतीयोग्य जमिन धितो राखेर पनि ऋण पाउने व्यवस्था मिलाइएको हो। अब किसानले मोटर बाटो नभएको खेतीयोग्य जमिन धितो राखेर २० लाखसम्म कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ।

यस्तो किसिमका कर्जाका लागि किसानबाट आवेदन आएको ७ दिनभित्र वित्तीय संस्थाले स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भए सोको स्पष्ट कारण बताई लिखित जवाफ दिनुपर्नेछ।

कुनै बैंक तथा वित्तीय संस्थाले उक्त निर्देशन पालना नगरेको अवस्थामा कर्जा प्रदान गर्ने संस्था वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily